१८ बैशाख २०८१, मंगलवार
सिकलसेल र थालेसिमिया पहिचान गर्न राप्तीसोनारीमा रक्त नमुना संकलन


बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुममा सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान गर्न रक्त नमुना संकलन गरिएको छ । स्वास्थ्य कार्यालय बाँके र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा मंगलवार गरिएको स्क्रिनिङ शिविरमा ३५ जनाको रक्त नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् सूचना अधिकारी नरेश श्रेष्ठले बताए ।

खासकुश्माका राप्ती नदी पारिका विकट तथा छरिएको बस्तीहरुबाट लक्षित समूह थारू, खुना र कुमाल जातिका नागरिकहरुको रक्त नमुना संकलन गरिएको खासकुश्मा स्वास्थ्य चौकी प्रमुख अमरसिंह महताराले जानकारी दिए । संकलित रक्त नमुना परीक्षणका लागि आज नै कोहलपुर नगरपालिकाको सिकलसेल ल्याबमा पठाइएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।

खासकुश्मा स्वास्थ्य चौकी प्रमुख महतारा, सिनियरअहेब हरि बस्नेत र ल्याब टेक्निसियन अर्चना चौधरीले रक्त नमुना संकलन गरेका थिए । रक्त नमुना संकलन शिविर हरेक हप्ताको ३ दिन चल्नेछ । चैत्र मसान्तसम्म चल्ने शिविरमा करिब ३ हजार जना लक्षित समुदायको रगत नमुना जाँच गर्ने लक्ष्य लिइएको छ । शिविरमा प्रत्येक एक पटकमा ३०४० वटा नमुना संकलन गर्ने लक्ष्य पालिकाले लिएको केसीले बताए ।

Nabintech