१२ श्रावण २०८१, शनिबार
शहरी विकास मन्त्री नमुनाद्धारा स्थानीयसँग विकास संवाद 


लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बाँके निर्वाचन क्षेत्र नं १ अन्तरगत कोहलपुर र राप्ती सोनारीका बिभिन्न वडाका स्थानीय जनता सँग विकास संवाद  गरेकी छन ।

उनले कोहलपुर नगरपालिका वडा नं १ , १० र राप्ती सोनारी २ का स्थानीय जनताहरू विकास संवाद गरेकी हुन । केही दिनअघि मात्रै मन्त्री पद सम्हालेकी मन्त्री नमुनाले आफूले यस क्षेत्रको विकासका लागी सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन । उनले सीमित श्रोत र साधनका बिचमा काम गर्नु पर्ने बाध्यता रहेको बताउँदै प्राथमिकताका आधारमा काम गर्दै जाने बताइन ।

मन्त्री नमुना सँग स्थानीय वासिन्दाले सडक पूर्वाधार , सिलाई , खानेपानी , रोजगार सृजना र भूमि समस्या समाधानका लागी भूमिका खेल्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री नमुनाले आफ्नो मन्त्रालय बाट हुने काम सहित अन्य मन्त्रालय बाट हुने कामहरूका लागी आफूले पहल लिने बताइन । उनले यस आर्थिक वर्षमा सीमित बजेट मात्रै रकमान्तर हुने भन्दै आगामी वर्ष देखी प्राथमिकताका आधारमा बजेटहरू बिनियोजन गर्ने प्रतिबद्धता गरिन ।

कोहलपुर १ मा भएको कार्यक्रममा वडा अध्यक्ष बद्री प्रसाद जैसी लगायत वडाका जनप्रतिनिधि स्थानीय बासिन्दाको सहभागिता रहेको थियो भने वडा नं १० मा भएको कार्यक्रममा वडा अध्यक्ष गौरा भट्टराई वडा सदस्य भीम पौडेल बिभिन्न राजनैतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रकी केन्द्रीय सदस्य दामा शर्मा , माओवादी केन्द्रकी लुम्बिनी प्रदेश सदस्य रेणुका खड्का , प्रेस सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले , बाँके अध्यक्ष राजेश आचार्य लगायतको सहभागिता रहेको थियो ।

Nabintech