४ जेष्ठ २०८१, शुक्रबार
मन्त्री नमुनाद्धारा कोहलपुर ९ झण्डहवाका मुस्लिम अगुवाहरूसँग भेट 


लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले कोहलपुर नगरपालिका वडा नं ९ को झण्डहवाका मुस्लिम अगुवाहरू सँग भेट गरेकी छन ।

केही दिनअघि मात्रै मन्त्री पद सम्हालेकी मन्त्री नमुनाले कोहलपुर नगरपालिकाको विकासका हिसाबले पछि परेको झण्डहवा मुस्लिम अगुवाहरू सँग भेट गरेकी हुन । सो क्रममा उनले सो स्थानको समग्र विकासका लागि गर्नु पर्ने कामका बारेमा स्थानीय सँग छलफल समेत गरिन । सो क्रममा स्थानीय मुस्लिम अगुवाहरूले सो स्थानमा रहेको कब्रस्थानमा मिनार निर्माण , मदरसा भवन निर्माण , शिक्षकको व्यवस्था , खानेपानी , सडक तथा नाला निर्माणका लागी बजेट व्यवस्थापन गर्न प्रदेश मन्त्री नमुना लाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री नमुनाले आफ्नो मन्त्रालय बाट हुने काम सहित अन्य मन्त्रालय बाट हुने कामहरूका लागी आफूले पहल लिने बताइन । उनले यस आर्थिक वर्षमा सीमित बजेट मात्रै रकमान्तर हुने भन्दै आगामी बर्ष देखी प्राथमिकताका आधारमा बजेटहरू बिनियोजन गर्ने प्रतिबद्धता गरिन । उनले माओवादी केन्द्रले मुस्लिम अल्प सङ्ख्याक सहित हरेक हिसाबले पछाडि पारिएका बर्ग समुदाय र क्षेत्रका पक्षमा काम गर्ने बताइन ।उनले आफू जनताको सेवक भएर काम गर्न चाहेको भन्दै आफ्नो टोलमा बोलाएर आफ्ना माग राखेकोमा धन्यवाद समेत दिइन ।

कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रकी केन्द्रीय सदस्य दामा शर्मा , भूमि आयोग बाँकेका विज्ञ सदस्य अशोक पोख्रेल ,कोहलपुर ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी , माओवादी केन्द्रकी लुम्बिनी प्रदेश सदस्य रेणुका खड्का , प्रेस सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले , बाँके अध्यक्ष राजेश आचार्य लगायत स्थानियको सहभागिता रहेको थियो ।

Nabintech