२७ बैशाख २०८१, बिहीबार
ढकेरीमा वैङकटेश्वर श्रृङ्गारिक महाआरती महोत्सव संचालन हुदै


राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरीमा वैङ्कटेश्वर मन्दिर तथा गौशालाको विकासार्थ आगामी पुस २१ देखि २८ गतेसम्म ढकेरीमा वैङकटेश्वर श्रृङ्गारिक महाआरती धर्म जागरण महा महोत्सव २०८० संचालन गरिने भएको छ ।

महोत्सव संचालनका लागी बिहीबार सचिवालयको उदघाट्न गरिएको छ । राप्तीसोनारी ९ का वडाध्यक्ष सोहनलाल थारुले एक कार्यक्रम बिच रिवन काटेर सचिवालयको उदघाट्न गरेका हुन ।

उदघाटन सत्रमा बोल्दै वडाध्यक्ष थारुले वडाभित्र पहिलो पटक ढकेरीमा वैङकटेश्वर श्रृङ्गारिक महा आरती धार्मिक महोत्सव संचालन गरिन लागेकोले सबै वडावासीको सक्रिय सहभागीताका लागी आग्रह गरेका छ्न ।

धार्मिक महोत्सव संचालनका लागी सिरधर उपाध्यायको संयोजकत्वमा १५ सदस्य मुल आयोजक समिति गठन गरिएको छ ।

त्यस्तै महोत्सवलाइ भव्य र सभ्य रूपमा संचालन गर्न प्रचारप्रसार समिति, आर्थिक समिति, स्वागत तथा सत्कार समिति, मन्च व्यवस्थापन समिति र खानपिन व्यवस्थापन समिति गरी ५ वटा उपसमिति समेत गठन गरिएको उपाध्यायले जानकारी दिए ।

धार्मिक महोत्सवमा पुस २१ गते बिहान १० बजेदेखि स्थानीयको सहभागीतामा विशाल कलश यात्रा गरिने र कलश शोभा यात्रामा झाँकी, भजन कृतन संस्थागत व्यानर सहित उल्लेख्य सहभागीता रहने दिउँसो १ बजे वैङकटेश्वर श्रृङ्गारिक महाआरती धार्मिक महोत्सव विधिवत रुपमा उदघाटन गरिने आयोजकले जनाएको छ ।

गणेश माध्यमिक विद्यालयको खेल मैदानमा संचालन हुने महोत्सवमा दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म प्रवचन, भजन कृतन तथा झाँकी संचालन गरिने छ भने साँझ ७ बजेदेखि ८ बजे सम्म विश्व प्रसिद्ध श्रृङ्गारिक महाआरती गरिने छ ।

राती ८ बजेदेखि १० बजेसम्म रात्रीकालिन प्रवचन, भजन कृतन तथा झाँकी संचालन गरिने आयोजकले जनाएको छ । धार्मिक महोत्सवमा संकल्पकर्ता देवेन्द्र उपाध्याय संन्जेलले प्रवचन दिने बताइएको छ ।

महोत्सवका निर्देशक विश्वराज खनालले राप्तीसोनारी ९ मा पहिलोपटक संचालन गर्न लागीएको वैङकटेश्वर श्रृङ्गारिक महाआरती धार्मिक महोत्सवलाइ भव्य र सभ्य रुपमा संचालन गर्ने आवश्यक तयारी भैरहेको र सफलता पुर्वक सम्पन्न गर्न सबै अनुरोध गरेका छ्न ।

Nabintech