२३ बैशाख २०८१, आईतवार
जीवन ज्योति स्कुल कोहलपुरद्वारा रुकुम आठबिसकोटका भुकम्प प्रभावितलाई तातो कपडा बितरण 


कोहलपुर १० राम नगरमा रहेको जीवन ज्योति स्कुलले हालै जाजरकोट लाई केन्द्र बिन्दु बनाएर गएको भुकम्पका प्रभावित बालबालिका , महिलाहरू लाई तातो कपडा लागायतका बिभिन्न राहत सामाग्री बितरण गरेको छ । स्कुलले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका भुकम्प प्रभावित बाल बालिका , महिला तथा वृद्धवृद्धाहरुका लागी तातो कपडा ज्याकेट , हाईनेक , स्विटर , ब्लाङकेट लागायतका सामाग्री बितरण गरेको हो ।

स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले दिएको जानकारी अनुसार विद्यालयले २ सय ५० थान त्रिपाल , २ सय ८० पिस ब्लाङकेट , बच्चाहरूको ज्याकेट २ सय पिस , हाईनेक २ सय पिस , सुइटर महिलाका लागी ३ सय पिस बितरण गरेको हो ।उनले १६ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको समेत बताए । 

आठबिसकोट नगरपालिका वडा नं १४ छेपारे का ५० प्रभावितहरू घर परिवार लाई नगरपालिका प्रतिनिधि र स्थानीय प्रशासनको रोहबरमा आफैले र बाँकी सामाग्री आठबिसकोट नगरपालिका प्रमुख रबि केसी मार्फत पालिका लाई हस्तान्तरण गरेको उनले बताए । राहत बितरण तथा हस्तान्तरण कार्यक्रममा जीवन ज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्स , विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष अध्यक्ष फुलाराम थारू , सदस्यहरु चण्डी गैरे , रमणी प्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो । राहत हस्तान्तरण गदै फादर जोमन जेम्सले भुकम्प प्रभावितहरू लाई चिसो वाट बचाउन आफूहरूले सहयोग गरेको बताए । उनले कोरोना महामारीका समयमा होस वा अन्य प्रकोपका समयमा मानवीय काममा सहयोग गर्ने गरेको बताए । 

राहत रकम बुझ्दै आठबिस कोट नगरपालिका प्रमुख रबि केसीले विद्यालयको तर्फबाट भएको मानवीय  सहयोगका लागी धन्यवाद दिदै फादर जोमन लाई प्रशंसा पत्रले सम्मान गरेका थिए । उनले आठबिस कोट नगरपालिका मात्रै भुकम्पका कारण ४४ जनाको मृत्यु भएको , ९ हजार ७ सय ४० घरमा क्षति पुगेको जानकारी दिए । १० हजार २ सय ९६ घर मध्ये ५ सय घरहरू मात्रै बस्न लायक रहेको समेत बताए । उनले २०७१ सालमा कोहलपुर १० राम नगरमा स्थापना भएको विद्यालयमा हाल नर्सरी देखी कक्षा १० सम्म सञ्चालनमा छ । विद्यालयमा हाल १ हजार ८ सय विद्यार्थी अध्ययनरत छन । कोरोना लगायत विपत्तिको समयमा स्कुलले बिभिन्न सहयोगी सस्था  मार्फत खाद्यान्न सहयोग गर्दै आएको छ । विद्यार्थी लाई पनि सहयोगी भावनाको विकास गर्न टिफिन वापतको रकम बचत गरेर समय समयमा विद्यालयले वृद्धाश्रम लागतका स्थानमा नियमित सहयोग गर्ने गरेको छ ।

कोहलपुर १० राम नगरमा रहेको  विद्यालयमा हाल नर्सरी देखी कक्षा १० सम्म सञ्चालनमा छ ।  विद्यालयमा हाल १ हजार ८ सय विद्यार्थी अध्ययनरत छन । विद्यालयको आफ्नै भवन , खेल मैदान स्वच्छ खानेपानी , सुविधायुक्त शौचालय छ । जिल्लाको नेपालगन्ज , बैजनाथ , कोहलपुर क्षेत्रका विद्यार्थीहरू विद्यालयमा पढ्न आउने गरेका छन । विद्यालयले आगामी शैक्षिक सत्र देखी प्लस टु कक्षाहरु सञ्चालन गर्दै छ । 

Nabintech