१८ बैशाख २०८१, मंगलवार
उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न् प्रधानमन्त्री प्रचण्ड अस्पतालमा


काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

केहीबेरअघि बाँसबारीमा रहेकाे शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन पनि चिकित्सकलाई आग्रह गर्नुभएको छ ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ हिजाे मङ्गलवार अस्पतालमा भर्ना हुनुभएको हो । उहाँलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको तथा उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको केन्द्रले जनाएको छ ।

Nabintech