२५ बैशाख २०८१, मंगलवार
राप्ती सोनारी ७ मा लैङ्गिक हिंसा विरुद्ध सचेतना अभियान 


लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत मंगलबार राप्ती सोनारी ७ मा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । राप्ती सोनारी गाउपालिका र आई एन एफ लगायतका संस्थाहरूको सयुक्त आयोजनामा सचेतना मूलक कार्यक्रमहरू आयोजना गरिएको हो ।

सो कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउपालिका उपाध्यक्ष मनिषा थारूले हिंसा सहनु पनि अपराध भएको भन्दै हिंसा नगर्न र नसहन आग्रह गरिन । उनले हिंसाको रूपहरू परिर्वतन भएको भन्दै प्रविधिको माध्यम बाट पनि हिंसा हुने गरेको बताइन । कार्यक्रममा बोल्दै राप्ती सोनारी ७ का अध्यक्ष राम लखन थारूले सभ्य समाजका लागी सबैखाले हिंसा कलंक भएको बताए ।

उनले सबैखाले हिंसा अन्त्यका लागी समाजमा सचेतना जगाउने पर्ने धारणा राखे । कार्यक्रममा महिला हिंसा विरुद्ध सचेतना मूलक सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।

Nabintech