१९ बैशाख २०८१, बुधबार
राप्ती सोनारी ७ मा वडा कार्यालय बाटै समाजिक सुरक्षा भत्ता 


राप्ती सोनारी गाउपालिका वडा नं ७ मा वडा बाटै समाजिक सुरक्षा भत्ता बितरण सुरु गरिएको छ । वडा अध्यक्ष राम लखन थारूका अनुसार वडा कार्यालय बाटै भत्ता बितरण सुरु गरिएको हो ।हिमालय बैक सँगको सहकार्यमा वडा बाटै भत्ता बितरण गरिएको हो । वडा कार्यालय बाट भत्ता बितरण भएपछि ५ सय भाडा तिरेर अगैया सम्म जानुपर्ने बाध्यता हटेको छ । 

भत्ता लिन वडा कार्यालयमा भेटिएका राम दुलारी अहिरले वडा कार्यालय बाट समाजिक सुरक्षा भत्ता लिन पाए पछि समय र पैसा दुवैको बचत भएको बताए । सरकारले बैक बाट भत्ता बितरण गर्ने निती लिएपछि बैकमा जानुपर्ने बाध्यता थियो । बैक सँगको सहकार्यमा बैक कर्मचारी लाई वडा कार्यालयमा बोलाइएको अध्यक्ष थारूले बताए । 

Nabintech