४ जेष्ठ २०८१, शुक्रबार
प्रेस सेन्टर नेपाल लुम्बिनीको पुर्ण बैठक सम्पन्न


नेकपा माओवादी केन्द्रका सचिव तथा पुर्व सांसद हितमान शाक्यले कम्युनिष्टहरु बिच पार्टी एकता अभियानमा आफ्नो पार्टी अगाडी बढेको बताउनु भएको छ ।

शुक्रबार लुम्बिनी प्रदेशको राजधानी दाङ्गको देउखुरीमा प्रेस सेन्टर नेपालको पुर्ण बैठकलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भयो । बाबुरामजीहरु संग पार्टी एकताको प्रकृया अगाडी बढेको छ । विप्लवजीहरु संग पनि एकताका लागि छलफल चलिरहेको छ ।नेपालका कम्युनिष्टहरु विच एकताको खाँचो छ उहाँले भन्नू भयो एमाले अध्यक्ष केपी शर्मा ओली बाहेका नेताहरुले पनि कम्युनिष्टहरु विच एकता गर्नु पर्ने जोड गरिरहेका छन् र हुन सक्छ पनि सक्छ पनि ’– उहाँले भन्नू भयो । अर्को प्रशंगमा पार्टी अध्यक्ष प्रचण्डको विकल्प नरेहेको भन्दै पहिलो र दोश्रो कालको प्रधानमन्त्री कालमा माओवादीले चाहे जस्तो गरी उहाँले काम गर्न नसेकोले यसपाली उहाँ जनताका पक्षमा केहि गर्छु भन्ने हुटहुटी बोकेर सरकारको नेतृत्व गर्न गएको र ३२ सिटको माओवादी ठुला दुई दल कांग्रेस र एमालेका नेताहरुलाई सुन काण्डमा समात्ने जोखिम समेत उठाउन नहिच्किचाएको उहाँको भनाई थियो ।

देशलाई आर्थिक रुपमा डावाडोल पार्दै झण्डै श्रीलंका बन्ने अबस्थामा यस अघिका प्रधानमन्त्री केपी शर्मा ओलीले पुराएको आरोप लगाउँदै शाक्यले भन्नू भयो प्रचण्ड नेतृत्वको सरकारले अरवौं ऋणमा डृुबेको नेपाल आयलन निगमलाई ऋण मुक्त बनाएको , धुप्रै क्षेत्रमा निर्यात बढाएको र आर्थिक अवस्था सन्तोषजन अवस्थामा पुराईएको छ ।

कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिव कृष्ण अधिकारी ( प्रकाश ) , प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश ईन्चार्ज अजयदिप शर्मा र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरिले पनि प्रशिक्षण मुलक मन्तब्य राख्नु भएको थियो । प्रेस सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह बिकको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

Nabintech