६ जेष्ठ २०८१, आईतवार
एउटै कम्युनिष्ट केन्द्र बनाउँछौ : महासचिव गुरुङ


नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरू रहेको बताएका छन ।

बिहीवार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पहिले चरणमा पूर्व माओवादीहरूको एकता र त्यस पति कम्युनिष्ट नाम भएका सबैको एउटै केन्द्र बनाउने अभियानमा आफूहरू रहेको  बताए । उनले एउटै झण्डा भएका हरू  एकठाँउमा आउनु पर्ने भन्दै आउन नसक्ने हरूको मोर्चा बनाएर आगाडि बढिने समेत बताए । उनले पहिलो चरणमा बाबुराम भट्टराई , नेतृ बिक्रम चन्द बिप्लव लगायत सँग पार्टी एकताको कुरा भई रहेको समेत बताए ।

माओवादी पार्टी एक आन्दोलन भएको भन्दै उनले कहिले खुम्चने त कहिले फुक्ने गरेको बताउँदै माओवादी आन्दोलनको विकल्प नभएको धारणा राखे । उनले जातीय धार्मिक र साम्प्रदायिक हिंसा भड्काउन खोजिएको भन्दै जनता सचेत हुनु पर्ने धारणा राखे । उनले प्रचण्ड नेतृत्वको सरकारले सुशासन र केही उदाहरणीय काम गरेको समेत धारणा राखे । बर्दियामा एक कार्यक्रममा सहभागी हुन आएका गुरुङ बाँके , सल्यान हुँदै जाजरकोट र रुकुममा पुगेर भुकम्प प्रभावितहरू सँग अन्तरक्रिया गर्ने जानकारी दिए ।

Nabintech