१९ बैशाख २०८१, बुधबार
४० हजार घुस सहित  सई अख्तियारको फन्दामा 


बर्दिया /इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगन्जको टोलीले मंगलबार सई साउदलाई रंगेहात घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।

लागूऔषध प्रयोगकर्तासँग सेटिङ मिलाइदिने भन्दै उनले ४० हजार घुस मागेका थिए । उक्त घुस रकमसहित अख्तियारको टोलीले साउदलाई पक्राउ गरेको हो । पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Nabintech