१९ बैशाख २०८१, बुधबार
बैजनाथ गाउँपालिकाले सुरु गर्यो निस्सा वितरण


बैजनाथ गाउँपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीका लागि निस्सा वितरण गर्न सुरु गरेको छ ।

किसान अभियन्ता स्वर्गीय बैजनाथ थारुको घर बैजनाथ गाउँपालिका वडा नम्बर ७ बाट निस्सा वितरण सुरु गरेको हो ।

बैजनाथका जनप्रतिनिधीले निर्वाचनमा गरेको वाचा पूरा गरेका हुन । गाउँपालिका कार्यालयका अनुसार वडा नम्बर ७ पेडारीमा अब्यवस्थित बसोबासी २ सय ७५, भुमिहिन सुकुम्बासी ३ र भुमिहिन दलित २ जनाको परिवार रहेको अध्यक्ष दिनेश थारुले जानकारी दिए ।

सो क्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, भुमी आयोगका अध्यक्ष सर्वणकुमार यादव, बैजनाथ गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दिनेशकुमार लगायतले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई निस्सा हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले बैजनाथ सरकार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीको पक्षमा रहेको बताए ।

Nabintech