२४ बैशाख २०८१, सोमबार
खजुरा किरण भवानी धार्मिक महामहोत्सवमा ३७ लाख नगद संकलन 


बाँकेको खजुरा ४ एफ गाउँमा रहेको किरण भवानी मन्दिरमा आयोजित धार्मिक महामहोत्सवमा ३७ लाख नगद संकलन भएको छ ।

महोत्सव समितिका अध्यक्ष खड्क वलीले दिएको जानकारी अनुसार ३७ लाख नगद संकलन भएको हो । उनले धान लगायत अन्य जिन्सी सामाग्री समेत संकलन भएको जानकारी दिए । महायज्ञमा संकल्प कर्ता ईश्वर शरण महाराज जी रहनु भएको थियो भने कथा वाचक पं नारायण न्यौपाने ले बिहान ९ बजे देखि दिनभर संगीतमय कथा वाचन र रातीको समयमा भजन कृतन गरिएको आयोजक समितिका अध्यक्ष बहादुर खड्क वलीले जानकारी दिए ।

उनले सम्पूर्ण दानवीरहरू लाई धन्यवाद समेत दिए । संकलित रकम बाट सदिऔं पुरानो मन्दिरमा तत्सँग भवन निर्माण , १०८ धारा सहितको शिव लिङ निर्माण र बाकी रहेको मन्दिरको पर्खाल निर्माण गरिने आयोजकले बताएका छन ।

समापन कार्यक्रममा बोल्दै खजुरा ४ का अध्यक्ष टेक बहादुर रोकायले धार्मिक महामहोत्सवले किरण भवानी मन्दिरमा आवश्यक संरचना निर्माण गर्न सघाउ पुग्ने बताए । सम्पूर्ण दानवीर लाई धन्यवाद दिदै उनले संरचना निर्माणका लागी रकम अभाव भएरमा वडा र पालिका सरकारले सहयोग गर्ने समेत प्रतिबद्धता जनाए । मंगलबार ई गाउँ निवासी ३० नम्बर रुपसिङ भण्डारी बाट १ लाख ९० हजार १ सय ५ र ई गाउँ निवासी २३ नम्बर कान्छा देब बहादुर बि सि ले १ लाख ८० हजार १ सय ५ दान गरेको अध्यक्ष खड्क बहादुर वलीले जानकारी दिए ।

देब बहादुर रोका १ लाख ५१ हजार , बिर बहादुर बूढा क्षेत्रीले १ लाख ५ हजार एक सय ,लक्ष्मी नाथ योगीले १ लाख १ हजार , खजुर ४ का वडा अध्यक्ष समेत रहेका टेक बहादुर रोकायले ५१ हजार , खम्ब गिरीले ५१ हजार ,बल बहादुर कठायत ५१ हजार ३ सय ५ , निउतन बुढामगर ५१ हजार १ सय ५ , पर बहादुर पुन ५१ हजार ,दुर्गा शाही ५१ हजार ५ सय ५५ ,खिमा रोका ५१ हजार ,शेर बहादुर बि.सि. ५१ हजार, उज्जल बि.सि., ५१ हजार, शारदा थापा ५१ हजार ,बल बहादुर कठायत ५१ हजार दान गरेका छन ।

 

यसैगरी एफ गाउँ मन्दिर टोल देखि देवेन्द्र अधिकारी बाट ५५ हजार ५ सय ५५ दान गरेका थिए । आइतबार धनसिंह राणा खजुरा बि गाउँ बाट १ लाख ५५ हजार , एफ गाउँ मन्दिर टोल झुप प्रसार शर्मा को बुवा मनिराम शर्मा बाट ५५ हजार ५ सय ५५ दान गरेका थिए । करिब एक बिघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ । बुधवार भोलि सम्म सञ्चालन हुने महायज्ञ लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले उद्घाटन गरेका थिए ।

Nabintech