२६ बैशाख २०८१, बुधबार
त्रिभुवन आर्मीलाई मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी


बाँकेको कोहलपुरमा भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता(२०८० को उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।

कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा बुधबार उपाधिका लागि भएको प्रतिस्पर्धामा चर्च ब्वाईजलाई ० २ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीका लागि सरोज श्रेष्ठ र मानबहादुर आलेले गरेको २ गोल नै निर्णायक बन्यो । आले प्रतियोगितामा म्यान अफ द म्याच घोषित भए ।

प्रथम हुनेलाई ८ लाख र दोस्रो पुरस्कार ४ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा ८ टोलीले सहभागिता जनाएको थियो ।

Nabintech