२१ बैशाख २०८१, शुक्रबार
मुख्यमन्त्री कोहलपुर गोल्डकप : बुधवार उपाधिका लागि भिडन्त 

फाईनल खेल त्रिभुवन आर्मी र चर्च ब्वाइज बिच २:३० बजे सुरु हुने



बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि भोलि भिड्ने भएका छन् । 

मंगलबार भएको पत्रकार सम्मेलन गर्दै कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा हुने त्रिभुवन आर्मी र चर्च ब्वाइजका कप्तानले आफ्नो टिमलाई उपाधि दिलाउन आफूले जानको अनुभव र सीपको प्रयोग गरी उपाधि हात पर्ने दावी गरेका छन् । त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफूले राष्ट्रिय खेलदेखि लिग हुँदै ‘ए’ डिभिजनका खेल खेलेको र आफ्नो टिमको कडा प्रदर्शन गर्ने बताए ।

आफ्नो टिममा २ जना राष्ट्रिय खेलाडी र अन्य स्थानीय खेलाडीहरू भएकोले उपाधि हात पार्ने खवास ढुक्क छन् । त्रिभुवन आर्मीका कोच आदर्श मल्ल आफ्नो पहिचान नभुल्ने बताए । ‘खेलमा रफ हुँदैन,’ उनले भने, ‘अनुशासनमा रहेर खेल हुन्छ ।’ मल्लले  कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजक सँगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिएका थिए । 

यस्तै चर्च ब्वाइजका कप्तान विकु राई पनि उपाधि लिने ढुक्क छन् । सबै एउटै उमेर समूहका खेलाडी छन् त्यसैले आफूले भनेजस्तो र सोचेजस्तो खेल हुने दावी गरे । चर्च ब्वाइज कै कोच रुविन राईले प्रतियोगिताको उपाधि लिनकै लागि भने आएको होइन तर भाग्यले दिएसम्म आफ्नो टिमले फाइनलसम्म पु¥याउनु नै ठुलो उपलब्धि रहेको बताए । ‘अहिले सबै स्थानीय खेलाडीहरू छन्’ उनले भने, ‘बाहिरी खेलाडीहरू छैनन् ।’ अहिलेको पुरै नयाँ टिम रहेको र भविष्यमा यि टिमले नै देशकै उत्कृष्ट खेलाडी बनाउने मेरो सपना रहेको कोच राईले बताए ।

राईले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजक सँगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिएका थिए ।प्रतियोगिता सुरु भएको पाँचौ दिनमा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई (४—१) गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनल पुगेको हो भने प्रतियोगिता सुरु भएको तेस्रो दिनमा भएको खेलमा चर्च ब्वाइज युनाइटेडले गोर्खा ब्वाइज लाई (३—०) ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

 प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको सोभिनियर एफ सि सहित नेपालका चर्च ब्वाइज युनाइटेड काठमाडौँ, गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ सहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्लले  जानकारी दिए ।  प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैयाँ र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । प्याराफिटमा १ सय रुपैयाँ लाग्नेछ भने ग्राण्डमा ५० रुपैयाँ लाग्ने अध्यक्ष क्षेत्रीले बताए । 

Nabintech