२५ बैशाख २०८१, मंगलवार
राहत लिएर मेची महाकाली बुहारी संयुक्त आवाज भुकम्प प्रभावित जाजरकोटमा


भुकम्प प्रभावितहरूका लागी मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेले संकलन गरेको राहत सामाग्री हस्तान्तरण गरेको छ ।

संस्थाले राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत पीडितहरू लाई हस्तान्तरण गरिएको अध्यक्ष उर्मिला अधिकारी पाण्डेले जानकारी दिइन । जाजरकोट भेरी नगरपालिकाका प्रभावितहरूका लागी कपडा , चिउरा , चाउचाउ , बिस्कुट, दालमोठ लगायतका सामाग्री बितरण गरेको सचिव प्रमिला शाहीले जानकारी दिइन ।

राहत संकलन र वितरणका लागी आफू सहित उपाध्यक्ष राम कुमारी केसी ,सचिव प्रमिला शाही ,सहसचिव मिना बस्नेत ,कोषाध्यक्ष प्रेमिका शाही लगायत सदस्यहरू माया गौतम , बिस्नु पाण्डे ,चन्द्रा भुसाल ,नारायणी घिमिरे ,कौशिला बस्नेत सक्रियता पूर्वक लागेको अध्यक्ष पाण्डेले बताइन । संस्थाका सदस्य र शुभचिन्तक बाट उक्त राहत सामाग्री संकलन गरेको पाण्डेको भनाई छ ।

कात्तिक १७ गते राति १५३ जनाको ज्यान जाने गरी आएको भूकम्पले ३५ हजार ७४६ परिवारलाई बेघर बनाएको छ। कम्तीमा ३६४ जना घाइते भएका छन । मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेले विपत र जोखिममा रहेकाहरू लाई बिभिन्न खाले मानवीय सेवा र सहयोग गदै आएको छ ।

Nabintech