२४ बैशाख २०८१, सोमबार
कोहलपुर चौराहा नो पार्किङ एरिया कार्यन्वयनमा आउने 

अव कोहलपुर चौराहाको ५ सय मिटरको एरियामा यात्रु चढाउने   र ओराल्न नपाइने 



कोहलपुर चौराहा क्षेत्र लाई नो पार्किङ एरिया बनाउन सरोकारवाला पक्ष एक मत भएका छन । जथाभावी गाडी पार्किङ तथा यात्रुहरू चढाउने  तथा ओराल्ने काम रोकेर  कोहलपुर बसपार्क बाट मात्रै बस छुट्ने  र रोकिने तथा यात्रु चढाउने  र ओराल्न सरोकार  वाला एक मत भएका हुन ।

आइतबार कोहलपुर बसपार्कमा भएको सरोकार वाला कोहलपुर नगरपालिका , इलाका प्रहरी कोहलपुर , ट्राफिक प्रहरी , बसपार्क व्यवस्थापनको जिम्मा लिएको बागेश्वरी यातायात प्रालि लागतका सम्पूर्ण यातायात व्यवसायीहरूले यो कुरा सहमति जनाएका छन । आगामी दिनमा बसपार्कमा सबै यातायात प्रालिका कर्मचारीहरू अनिवार्य ड्रेस र आईडी कार्डमा आउनु पर्ने , गुटका खाएर जथाभावी थुकेमा कार्यवाहीका दायरामा ल्याइने , यातायात कर्मचारीले यात्रुहरू तानातान गरेमा कार्यवाहीको दायरामा ल्याइने भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले मर्यादित यातायात व्यवसायी र सुन्दर कोहलपुर बनाउन अभियान सुरु गरेको बताए ।

उनले चौराहा देखी ५ सय मिटर पूर्व पश्चिम र उत्तर दक्षिण गाडी रोकेर यात्रु चढाउने र झार्ने गरेमा प्रहरीको कार्यवाहीमा पर्ने बताए । उनले जथाभावी सावरी साधन रोक्दा कुरूप देखिनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै बस पार्क देखि मात्रै गाडी छुटाउन यातायात व्यवसायी लाई आग्रह गरिएको बताए । कोहलपुर १२ का वडा अध्यक्ष एवं कोहलपुर नगरपालिकाले गठन गरेको बसपार्क व्यवस्थापन समितका संयोजक बिरेन्द्र शाहले बसपार्क कोहलपुरको पहिचान भएको भन्दै यसलाई व्यवस्थित मर्यादित बनाउनु पर्ने बताए । उनले बसपार्क सञ्चालन र व्यवस्थापन गर्न नगरपालिकाले बनाएको ४१ बुँदे आचार संहिता बनाएको भन्दै त्यसको पूर्ण पालना गर्न आग्रह गरे ।

सोको पालना नगरे कार्यवाहीको दायरामा ल्याइने बताए । बसपार्कको डिपिआर मा केही कमी कमजोरी भएका कारण समस्या आएको भन्दै आगामी दिनमा अपुग संरचना नगरपालिकाले निर्माण गर्ने जानकारी दिए । खानेपानी , शौचालय र उत्तर गेट कोहलपुर नगरपालिकाले निर्माण गर्ने उनको भनाई छ । बागेश्वरी यातायात प्रालिका मन प्रसाद आचार्यले सुन्दर कोहलपुर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने भन्दै व्यवस्थित बसपार्क सबैको चासोको विषय बन्नु पर्ने बताए । उनले यातायात व्यवसायीका तर्फ बाट हुने गरेको कमी कमजोरी सच्चाएर कोहलपुर बसपार्क लाई कोहलपुरको पहिचान बनाउनु पर्ने बताए ।

Nabintech