१२ श्रावण २०८१, शनिबार
अव घाइतेको उपचार, राहत र पुनर्स्थापनामा जोड दिन्छौ : मुख्य मन्त्री शर्मा 


कर्णाली प्रदेशका मुख्य मन्त्री राजा कुमार शर्माले कर्णाली प्रदेश सरकारको अबको प्राथमिकता भुकम्प प्रभावित घाइतेको उपचार,  राहत र पुनर्स्थापना भएको बताएका छन । भुकम्प प्रभावित घाईतेहरूको उपचारको अवस्था बारे बुझ्न आइतबार नेपालगञ्जको भेरी अञ्चल अस्पताल आई पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुरा गदै यस्तो बताएका हुन ।

घाइतेहरूको अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन सरोकारवाला निकायलाई निर्देशन समेत दिए । भेरीमा हाल ४३ भुकम्प प्रभावित घाइतेहरूको उपचार भई रहेको छ ।  शनिवार दिनभर उद्धारको प्रयास भएको भन्दै घाईतेलाई अस्पताल पुर्याउने र मृतकहरूको शव व्यवस्थापनको काम सकिएको बताए । उनले जाजरकोट र रुकुममा र अन्य जिल्लाहरूमा गरि ८ हजार घरहरू क्षति पुगेको र उनीहरूका लागी तत्काल खाद्यान्न र वासको व्यवस्थाको साथै उनीहरूको घर पुर्न निर्माणमा प्रदेश सरकार लाग्ने बताए ।

८ हजार मध्ये आधा घर आंशिक र आधा घर पूर्ण रुपमा क्षति भएको उनको भनाई छ । उनीहरूको पुर्न पुनर्स्थापनाका लागी केन्द्र सरकार र विदेशी दातृ निकायहरू सँग पनि सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए । उनले भुकम्पका जोखिम रहेको स्थानमा भुकम्प प्रतिरोधी घर निर्माणमा जोड दिने उनको भनाई छ । उनले भुकम्प प्रभावितहरूका लागी देशभर र मित्रराष्ट्रहरू बाट समेत राहत आई रहेको भन्दै पुर्नस्थापनाको काम सम्म पनि सहयोग जारी राख्न अपिल गरे ।

बिभिन्न व्यक्ति, संघ सस्था , व्यवसायी प्रतिष्ठान, स्थानीय जनप्रतिनिधि, स्थानीय तह संघीय सरकार, मित्र राष्ट्रहरू चिन र भारत बाट पनि खाद्यान्न, औषधी, पाल र कम्मल जस्ता सामाग्रीहरू प्राप्त भएको उनले बताए । उनले राहत र पुनर्स्थापनामा एकद्वार प्रणाली लागू गरिएको समेत जानकारी दिए । जन प्रतिनिधिहरूको रोहबरमा स्थानीय प्रशासनले राहत बितरण गरिने समेत जानकारी दिए ।

भुकम्प पछि स्थानीय प्रशासन नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्वास्थ्यकर्मीहरूले देखाएको  सक्रियताका लागी धन्यवाद समेत दिए । 

Nabintech