१२ श्रावण २०८१, शनिबार
माओवादी कोहलपुरले संकलन गरेको खाद्यान्न जाजरकोट पठाइयो  


जाजरकोट र रुकुममा गएको भुकम्प बाट पीडित परिवारका लागी नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले संकलन गरेको खाद्यान्न जाजरकोट पठाउन सुरु गरिएको छ ।

माओवादी नेता कार्यकर्ता र शुभचिन्तकद्धारा संकलित खाद्यान्न प्रधानमन्त्री पुष्प कमल दाहाल  प्रचण्डका प्रशासनिक विज्ञ सल्लाहकार रामदीप आचार्य र राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा मार्फत सरोकारवालालाई हस्तान्तरणका लागी जाजरकोट पठाइएको माओवादी केन्द्र कोहलपुरका उपाध्यक्ष बल बहादुर खड्का (अविरल)ले जानकारी दिए ।

शनिबार बिहान नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको आकस्‍मिक बैठक बसी राहत संकलन सुरु गरेको थियो । माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्काले संकलित खाद्यान्न मध्ये केही प्रधानमन्त्री कार्यालय मार्फत पठाइएको र बाकी सोमवार जाजरकोट लगेर सम्वन्धीत निकायलाई हस्तान्तरण गरिने जानकारी दिए ।

शनिवार माओवादी केन्द्र कोहलपुरले १ सय ५० बोरा चामल संकलन गरेको छ । शुभेच्छुकहरूले आइतबार पनि संकलन कार्य जारी राखेको अध्यक्ष खड्काले जानकारी दिए ।

सल्लाहकार आचार्यले राहत संकलन गरेर हस्तान्तरणका लागी सम्बन्धी निकाय मार्फत हस्तान्तरण गरेकोमा नेकपा माओवादी केन्द्र कोहलपुरलाई धन्यवाद दिए । उनले आफू केही खाद्यान्न , त्रिपाल लगातारका सामाग्री सहित जाजरकोट जान लागेको बताउँदै त्यहाँको अवस्था हेरे पीडितहरूको आवश्यकता अनुसार सरकारले सहयोग पुर्याउने बताए । तत्काल खाद्यान्न, त्रिपाल र कम्बलको आवश्यकता रहेको उनको भनाई थियो । 

Nabintech