८ जेष्ठ २०८१, मंगलवार
खजुरा कृषि अनुसन्धान निर्देशनालयका मजदुरहरु दोस्रो दिनपनि आन्दोलनमा


बाँकेको खजुरामा रहेको कृषि अनुसन्धान निर्देशनालयमा मजदुरहरु आन्दोलनमा उत्रिएका छन । ज्यालादारीमा काम गर्दै आइरहेका मजदुरहरु ज्याला वृद्धिको माग सहित आन्दोलन गरिरहेका छन ।

अखिल नेपाल कृषि मजदुर संघ बाँके कृषि अनुसन्धान निर्देशनालयमा हाल पाइरहेको भन्दा ज्याला बढाउन माग गर्दै आन्दोलनमा आउन परेको इकाई कमिटि अध्यक्ष कृष्ण माया गुरुङ्गले जानकारी दिइन । हाल ५७७ दैनिक ज्याला मजदुरहरुले हाजिरी अनुसार पाइरहेकोमा अबका दिन देखि राजपत्रमा उल्लेखित ६६८ पाउनुपर्ने माग राखेका हुन ।

यो संगै मजदुरहरुले ज्यामिको हप्तामा ६ दिन काम अनिवार्य हुनुपर्ने, सामाजिक सुरक्षा लागु गरिनुपर्ने, ज्यामिको पहिचान (परिचय पत्र) को व्यवस्था गरिनुपर्ने माग सहित अनिश्चतकालिन आन्दोलनमा मजदुरहरु उत्रिएको इकाई कमिटी अध्यक्ष गुरुङ्गले बताइन । मजदुरहरुको ज्याला वृद्धि नगरिए दैनिक हुने कामकाज बन्द गर्ने, कार्यालय घेराउ गर्ने, कार्यालय बाहिर शान्तिपुर्ण आन्दोलन गरि रहेका मजदुर नेता बसन्त मल्लले जानकारी दिए ।

मजदुरहरुले सोमवार देखी अन्दोलनको सुरुवात गरेका हुन ।

Nabintech