२१ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा १५ गते देखी मुख्य मन्त्री गोल्ड कप


कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाह मैदानमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ आगामी कार्तिक १५ देखि सुरु हुने भएको छ । कोहलपुरमा आज आइतबार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ आगामी कार्तिक १५ देखि २२ गतेसम्म हुने कोहलपुर रेसिङ्ग साहारा क्लब अध्यक्ष चक्र क्षेत्रीले बताएका छन्।

अध्यक्ष क्षेत्रीका अनुसार प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ।सि।सहित नेपालका ए डिभिजनका ७ क्लबहरु सहभागिता रहनेछन् । जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ।सि। क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि हुने क्लबका अध्यक्ष क्षेत्रीले बताए।प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफि दिइने क्लबका अध्यक्ष क्षेत्रीले बताए ।
यस्तै पत्रकार सम्मेलनमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को लोगो, मुल व्यानर, टाईसिट र जर्सी समेत सार्वजनिक गरिएको थियो । क्लबका अध्यक्ष चक्र क्षेत्री, क्लबका सचिव नवकिरण शाह, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुरका कप्तान हरि कठायत र कोच जनक केसी सहित संयुक्त रुपमा लोगो, मुल व्यानर, टाईसिट र जर्सी सार्वजनिक गर्नुभएको थियो भने रविन शाहीले जर्सी सौजन्य गरेका थिए ।

‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ सञ्चालन तथा व्यवस्थापनका लागि करिब ८० लाख रुपैया लागत अनुमान गरिएको क्लबका कोषाअध्यक्ष काशिराम अधिकारीले बताए। मुख्यमन्त्री कार्यालय लुम्बिनी प्रदेश, कोहलपुर नगरपालिका, उद्योगी, व्यापारीहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको क्लबका कोषाअध्यक्ष कासी अधिकारीले बताए।

Nabintech