१२ श्रावण २०८१, शनिबार
नरैनापुरका किसानलाई अनुदानमा वार्षिम घाँसको विउ बितरण


नरैनापुर बाँकेको नरैनापुर गाउपालिकाको कृषि शाखाले पशुपालक किसानलाई लक्षित गरी चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा वार्षिम घाँसको विउ बितरण गरेको छ ।

पालिकाले पशुपालक किसानलाई लक्षित गरी अनुदानमा घाँसको बिउ बितरण गरेर आफुहरुलाई व्यवसायिक बनाउन सहयोग गरेको सेवाग्रही नरैनापुर–६ कोदरबेटवाका किसान त्रिभुवन यादवले बताए ।

नरैनापुर गाउपालिकाको पशु सेवा शाखाले पालिकामा रहेका ४ सय किसानलाई पचार प्रतिशत अनुदानमा वर्षिम जातको घाँसको बिउ बितरण गर्ने लक्षि लिएको शाखा प्रमुख जगतराम यादवले जानकारी दिए ।

उहाँले किसानको माग अनुसारको एककिलोदेखि ५ किलोसम्म मागको आधारमा र त्यो भन्दा माथीको आवश्यक हुने किसानले वडाको सिफरिस र कृषि र्फम दर्ताको कागजातसहितको निबेदनको आधारमा बितरण गरिएको बताए ।

नरैनापुर गाउपालिकाले पशुपालनको क्षेत्रमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Nabintech