१४ जेष्ठ २०८१, सोमबार
नरैनापुर गाँउपालिका अध्यक्ष शाहद्धारा दशैँको शुभ कामना व्यक्त


बाँके / बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नेपालीहरुको महान् पर्व बडादसैंको अवसरमा सबै नेपालीहरुलाई शुभकामना दिनु भएको छ ।

दसैँ, तिहार, छठ, नेपाल सम्वत्, ल्होसार लगायतका चाडपर्वहरूको अवसरमा शनिबार शुभकामना दिँदै उहाँले संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि सबै नेपालीहरुलाई एकता बद्ध हुन अपिल गर्नु भएको छ । अध्यक्ष शाहले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै नेपालीहरूको मौलिक विशेषता भनेकै विविधतामा एकता रहेको बताउनु भयो ।

सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेको उल्लेख गर्दै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको जिकिर गर्नु भयो। उहाँले भन्नुभयो, ‘हाम्रा सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् ।

देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्न हामी सबैको दायित्व हो । हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु ।’ अध्यक्ष शाहले ‘नागरिकको अपेक्षा तराई(पहाड(हिमाल, खुसी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन यी महान पर्वहरूले आर्शीवाद दिने विश्वास लिँदै सबै नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दछु।’

Nabintech