२० बैशाख २०८१, बिहीबार
कोहलपुर २ को प्रेम नगर महेन्द्र राजमार्ग देखी ओम शान्ति सम्म जाने बाटो कालोपत्रे 


कोहलपुर २ को प्रेम नगरको महेन्द्र राजमार्ग देखी ओम शान्ति सम्म जाने बाटो कालोपत्रे गरिएको छ । वडा अध्यक्ष हरि कठायतका अनुसार हाइवे देखि ओम शान्ति सम्म जाने झण्डै ४ सय मिटर बाटो र आर सिसि नली निर्माण कार्य सम्पन्न गरिएको हो । झण्डै ४५ लाख लागतमा सो निर्माण कार्य पुरा भएको वडा अध्यक्ष कठायतले जानकारी दिए ।

स्थानीय बासिन्दाले दशैँको अवसरमा बाटो कालोपत्रे पछि धुलाम्य सडक बाट   मुक्ति पाएको प्रतिक्रिया दिए । कोहलपुर नगरपालिकाको लगानीमा बाटो निर्माण गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिए ।

Nabintech