१२ श्रावण २०८१, शनिबार
कोहलपुर २ द्धारा शुभकामना आदान प्रदान कार्यक्रम


बिजया दशमी , दिपावली , नेपाल सम्वत छट लगायतका पर्वको अवसरमा बिहिवार कोहलपुर नगरपालिका वडा नं २ ले सुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
वडा अध्यक्ष हरि कठायतको अध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथी कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले चाडपर्वहरुले भातृत्व र एकताको सन्देश दिने बताए ।
उनले कोहलपुरको बिकासका लागी एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप प्रमुख संगिता सुबेदी , सामाजिक बिकास समिती प्रमुख ईस्वरी बिश्वकर्मा , टोल बिकास समितीका तर्फबाट पृथ्बी बहादुर बुढा , शिक्षक बद्रिनाथ सापकोटा , सामुदायीक बनको तर्फबाट कृष्ण रानभाट , नेकपा माओवादी केन्द्रका अमर बिक लगायतले सुभकामना मन्तब्य राखेका थिए ।


कार्यक्रमा वडाका सामाजिक क्षेत्रका आगुवाहरु , वडा वासी , पत्रकार लगायतको सहभागीता रहेको थियो । सो अवसरमा यस अधिको वडा कार्यसमितीका अध्यक्ष र सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष हरि कठायतले वडाका बिकासका लागी सबै सग हतेमालो गदै अगाडी बढने बताए । उनले चाडपर्वमा भट्किलो नगर्न वडा वासि लाई आग्रह गदै आपसी एकता र भाईचारा कायम गर्न आपिल गरे ।

Nabintech