१२ श्रावण २०८१, शनिबार
खजुरामा स्कूल बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु


बाँकेको खजुरा स्थित दीपक बोर्डिङ स्कुलको स्कुल बस दुर्घटना हुँदा एक बिद्यार्थीको मृत्यु भएको छ ।

स्कुलको ना ४ ख ६५१ नम्बरको बस पुलबाट तल खस्दा ११ वर्षीय बिद्यार्थी जितु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि २५ जना घाइते भएका छन् ।

बिद्यालय बन्द भएपछि बिद्यार्थी पुर्याउन खजुराबाट सिमलघारीतर्फ आउँदै गरेको बस खजुरा ५ जेठान नाला नजिकै दुर्घटना भएको हो ।

Nabintech