१२ श्रावण २०८१, शनिबार
प्रेस चौतारी कोहलपुरको अध्यक्षमा रिजाल


प्रेस चौतारी बाँकेले आज कोहलपुर नगरपालिकामा नगर स्तरीय प्रेस चौतारी गठन गरेको छ ।

आज आईतवार कोहलपुरमा आयोजित नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको प्रेस चौतारी बाँकेले कोहलपुरमा प्रथम भेला तथा अधिबेशनको आयोजना गर्दै क्रियाशिल पत्रकार प्रमोद रिजालको अध्यक्षतामा ९ सदस्य रहेको नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिबेशनले उपाध्यक्षमा ईश्वर पौडेल, महिला उपाध्यक्षमा ज्ञानु थापा, सचिवमा रवि रोकाय, सह सचिवमा विजय परियार, कोषाध्यक्षमा सजन कुमार आरसि र सदस्यहरुमा देवी सुनार,क्षितिज मगर र टार्जन वलीलाई सर्वसम्मत चयन गरेको प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले जनाएका छन ।

Nabintech