२० बैशाख २०८१, बिहीबार
बाँकेमा स्थानीय तह कर्मचारी जिल्ला संघर्ष समिति गठन


बाँकेमा स्थानीय तह कर्मचारी जिल्ला संघर्ष समिति गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ अधिकृत खिमानन्द अर्यालको संयोजकत्वमा सबै ८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी जिल्लास्तरीय ११ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा आज कर्मचारीको जिल्ला भेला गरी संघर्ष समिति गठन गरिएको हो । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिद्वारा असोज १५ गतेदेखि जारी दवावमूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन बाँके जिल्लाका ८ वटै पालिकामा सहकार्य, समन्वय व्यवस्थापन र अनुगमन गर्दै आन्दोलनका कार्यक्रमहरुलाई दबाबमूलकरुपमा प्रस्तुत गर्न संघर्ष समिति गठन गरिएको अर्यालले बताए ।

Nabintech