४ जेष्ठ २०८१, शुक्रबार
खजुरामा कृषि संभावनाको खोजी


खजुरा गाउँपालिकामा स्थानीय सरकार र स्थानीय सरोकारवाला बिच कृषि पेशामा संभावना, चुनौती र सहकार्य विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


खजुरा गाउँपालिका वडा नम्बर दुईको आयोजनामा वडा कार्यालयमा स्थानीय सरकार र स्थानीय सरोकारवाला बिच कृषि पेशामा संभावना, चुनौती र सहकार्य विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर २ अध्यक्ष धनिराम ओलीले खजुराको कृषि पेशाको बिकासको लागी अनुदान महत्त्वपुर्ण भए पनि अनुदान कति पटक पाउने र कस्ताले पाउने भन्ने कुरामा सरोकारवाला बिचको छलफल आवश्यक रहेको र कृषि पेशको बिकासको लागी वडा र पालिकाले कस्ता कार्यक्रम ल्याउन आवश्यक छ त्यो जान्नको लागी पनि कार्यक्रम महत्वपूर्ण रहेको जिकिर गरेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले कृषि पेशाको बिकासको लागी बजारीकरण गर्न आवश्यक रहेको जिकिर गरेका थिए ।

कार्यक्रममा खजुराका जनप्रतिनिधि तथा सरोकारवाला निकाय, किसान लगायतको सहभागीता रहेको थियो ।

 

Nabintech