१२ श्रावण २०८१, शनिबार
कर्मचारी आन्दोलनका बिच जनताको सेवा गर्दै कोहलपुर १३ का अध्यक्ष खड्का 


स्थानीय तहमा कार्यरत कर्मचारीहरू बिभिन्न २० बुँदे माग सहित आन्दोलनमा छन । उनीहरूले स्थानीय तहको काम काम रोकेका छन ।

कर्मचारीहरूले काम काज रोकी रहँदा कोहलपुर नगरपालिका वडा नं १३ का अध्यक्ष डम्बर खड्का भने जनताका अत्यावश्यकीय काम गरिरहेको  अवस्थामा भेटिए । आइतबार  वडा कार्यलयमा भेटिएका उनले अध्यक्षको तर्फबाट हुने कामहरू गरि रहेका थिए ।

कोहलपुर १३ का स्थानीय बिर बहादुर डाँगीले वडा सचिव नभएको अवस्थामा पनि अध्यक्षले आफ्नो काममा सहजीकरण गरिदिएको बताए ।कर्मचारीले काम काज बन्द गरेको दिन समेत सेवाग्राहीको उपस्थिति रहेको थियो । 

भूमि आयोगको फर्म भर्न  छुटेका उनको फाइल अध्यक्षले तयार पारि दिएको उनको भनाई छ । भोलि बिग्रनसक्ने कामहरू नरोकिउन भनेर आफू दैनिक वडा कार्यालय आएर जनताको सेवा गरि रहेको अध्यक्ष खड्काको भनाई छ । हाल ७५३ स्थानीय तहमा कार्यरत झण्डै १० हजार कर्मचारी आन्दोलनरत छन् ।

संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, संवैधानिक निकायमा संघीय निजामती सेवाबाट नभई छुट्टै सेवा गठन गरी कर्मचारी व्यवस्था गर्नुपर्ने, स्थानीय सेवालाई पनि निजामती सेवा बनाई प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय निजामती सेवाकै हुनुपर्ने, स्थानीय सेवाका कर्मचारीलाई बिना कुनै अवरोध अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, निजामती अस्पतालमा निजामती कर्मचारीले पाउने जति सबै सुविधा स्थानीय कर्मचारीलाई पनि दिइनुपर्ने, सबै तहका कर्मचारीलाई सेवा, सुविधा र वृत्ति विकासमा समानता हुनुपर्ने, तीनै तहका कर्मचारीहरुलाई जुनसुकै सेवामा प्रवेश गर्न उमेर हद नलगाइनुपर्ने र सेवा अवधि गणना गर्नुपर्ने, प्रदेश निजामती किताबखानाको तुरुन्त स्थापना तथा सञ्चालन गर्नुपर्ने, सरकारको छात्रवृत्ति कोटामा स्थानीय तहका कर्मचारीका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने जस्ता माग आन्दोलित भएका हुन ।  

Nabintech