२५ बैशाख २०८१, मंगलवार
रझेना खानेपानीका बिजयी पदाधिकारीलाई सम्मान 


रझेना खानेपानीका बिजयी पदाधिकारीलाई नेकपा  ( माओवादी केन्द्र ) ले सम्मान गरेको छ । शनिवार कोहलपुर नगरपालिका वडा नं ३ र ४ को सयुक्त प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट बिजयी भएकाहरूलाई सम्मान गरिएको हो ।

माओवादी केन्द्रका स्थाई समिति सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुल प्रसाद केसी (सोनम)ले खादा ओढाएर सम्मान गरेका हुन । सम्मान गर्दै उनले खानेपानी जस्तो आधारभुत बस्तुको सुलभ सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे । उनले शुद्ध र सहज खानेपानी जनताको आधारभुत आवश्यकता भएको भन्दै रझेना खानेपानीको विकास र बिस्तारमा आफू र माओवादी पार्टीले सक्दो सघाउ पुर्याउने प्रतिबद्धता जनाए ।  

हालै  सम्पन्न निर्वाचनमा साझा समावेशी प्यानलका तर्फ बाट माओवादी केन्द्रका युवा नेता गोपाल अधिकारी उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याएर बिजयी भएका थिए । यसैगरी  निर्मला शर्मा कोषाध्यक्ष पदमा र सदस्य पदमा दुर्गा प्रसाद रेग्मी ,  डम्बर बहादुर खत्री बिजयी भएका थिए । बिजयी सम्पूर्ण लाई केसीले सम्मान गरेका हुन ।

सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष गोपाल अधिकारीले कोहलपुर ३ र ४ का जनता लाई शुद्ध र सुलभ खानेपानीको सेवा पुर्याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारू , बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्स , प्रदेश समिति सदस्य दिपेन्द्र शाह युगान्त , कोहलपुर अध्यक्ष अवराज खड्का , राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष जनक थारू , सुरज जागा, कोहलपुर ३ का अभियान संयोजक टङ्क बस्याल , लगायतको सहभागिता रहेको थियो ।

Nabintech