२० बैशाख २०८१, बिहीबार
कोहलपुर ८ मा दसैँको अवसर पारेर खेल प्रतिभा खोजी गरिने 


कोहलपुर नगरपालिका वडा नं ८ ले बिभिन्न चाडपर्वको अवसर पारेर वडा भित्रका खेल प्रतिभा पहिचानको अभियान सुरुवात गरेको छ ।
वडा अध्यक्ष लाल बहादुर रानाले दसैँ , दिपावली र छट पर्वको अवसर पारेर टोल स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । वडामा रहेका ८ वटा टोल , विद्यालय , सामुदायिक बनको अलग अलग टिम बनाएर प्रतिष्पर्धा गराइने र प्रतिभा पहिचान गरिने जानकारी दिए ।
उक्त प्रतियोगितामा फुटबल , भलिबल , १ सय मिटर दौड , सटफुट लगायतका ८ वटा खेलमा मैत्रिपूर्ण प्रतिष्पर्धा गरिने छ । प्रतियोगिता पछी सहभागी सम्पूर्ण टिम बिच बनभोज कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
रानाले वडा भित्र भएको प्रतिभाहरूको खोजीका लागी यस्तो खालको कार्यक्रम आयोजना गरिएको जानकारी समेत दिए । उक्त प्रतियोगिताका लागी वडामा रहेका सामुदायिक बन , विद्यालय लगायत बिभिन्न क्षेत्रले सहयोग समेत गरेको उनले बताए । प्रतियोगिताका लागी  शिखा एकेडेमी ,सरस्वती माध्यामिक विद्यालय , सितल छाया , बिन्दवासीनी र ज्योति सामुदायिक बन उपभोक्ता समुह , नमुना विद्या सदन , साईनिङ स्टार ई.मि स्कुल , क्यानभास बेडिङ स्कुलले आर्थिक सहयोग गरेका छन ।
प्रतियोगिता लाई भव्य बनाउनका लागी बिन्दवासीनी युवा क्लब , द राइजिङ युथ क्लब र मदन स्मृति युवा क्लबले सहकार्य गरेको वडा कार्यालयले जनाएको छ । प्रतियोगिता घटस्थापनाको अवसर पारेर सुरुवात गरिने बिन्दवासीनी युवा क्लबका अध्यक्ष राजेन्द्र टमाटाले जानकारी दिए । 

Nabintech