१२ श्रावण २०८१, शनिबार
राप्ती सोनारी ७ मा जग्गा नाप जाँचका लागी कन्ट्रोल प्वाइन्ट राख्न सुरु 


राप्ती सोनारी वडा नं ७ मा शुक्रवार देखी भूमिहीन सुकुम्बासी ,भूमिहीन दलित, अव्यवस्थित बसोवासी समस्या समाधानका लागि जग्गा नापजाँचको सुरु गरिएको छ ।

राप्ती सोनारी ७ का अध्यक्ष राम लखन थारूले नाप जाँच अन्तरगत शुक्रवार देखि कन्ट्रोल प्वाइन्ट राख्ने काम सुरुवात गरिएको जानकारी दिए । थारूका अनुसार वडामा भूमिहीन सुकुम्बासी , भूमिहीन दलित र अव्यवस्थित बसोवासी गरि झण्डै २ हजार ३ सयले फारम भरेका छन ।

 

भूमि आयोग , राप्तीसोनारी गाउँपालिका र वडा नं ७ को समन्वयात्मक पहलमा काम अगाडि बढेको वडा अध्यक्ष थारूले जानकारी दिए । वडामा भूमिहीन सुकुम्बासी १०४ जना भूमिहीन दलित ५९ जना र अव्यवस्थित बसोवासी १९६० जनाले यस अघि फारम भरेका छन ।

यस अघि फारम भर्न छुटेकाहरूको पनि फारम भर्ने काम भई रहेको अध्यक्ष थारूले जानकारी दिए । वडा अध्यक्ष थारूले आगामी १ वर्ष भित्र जग्गाधनी प्रमाण पुर्जा बितरण गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए ।

Nabintech