१२ श्रावण २०८१, शनिबार
बैजनाथ ७ को वडा कार्यालय  भवन शिलान्यास 


बाँके बैजनाथ गाउपालिका वडा न ७ को वडा कार्यालय  भवनको  शुक्रवार शिलान्यास गरिएको छ । पालिका उपाध्यक्ष निर्मला रोकाय र वडा अध्यक्ष दिनेश थारूले भवनको सयुक्त रुपमा शिलान्यास गरेका हुन । 

१ करोड बढि लागतमा यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि २ हजार ६ सय स्क्वायर फिटको भवन निर्माणको जिम्मा बि एल एन कन्स्ट्रक्सन बैजनाथ २ लिएको छ । शिलान्यास कार्यक्रममा बोल्दै उपाध्यक्ष रोकायले वडा नं ७ का स्थानीय लाई सहज सेवा प्रवाहका लागी आफ्नै वडा कार्यालय  भवन निर्माण गर्न लागिएको बताइन । उनले भवन सेवा ग्राही मैत्री बनाउन  लागेको समेत जानकारी दिइन ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिनेश थारूले भाडामा वडा कार्यालय सञ्चालन गर्दा सेवाग्राहीले असहजता भोगेको भन्दै वडा कार्यालय  अव छिटै आफ्नै भवन बाट सञ्चालन गरिने बताए । उनले वडा कार्यलय भवन निर्माणका लागी सहयोग गरेकोमा पालिकालाई धन्यवाद समेत दिए । 

निर्माण कम्पनीका सञ्चालक भक्त बहादुर थापाले आगामी पुस माग भित्र निर्माण गरि सक्ने गरि काम गर्ने जानकारी दिए । 

Nabintech