७ जेष्ठ २०८१, सोमबार
नेपाल विद्युत प्राधिकरण नेपालगन्जमा लामिछाने र कोहलपुरमा महत


नेपाल विद्युत प्राधिकरण नेपालगन्ज र कोहलपुर वितरण केन्द्रका नयाँ प्रमुखले जिम्मेवारी सम्हालेका छन् । नेपालगन्ज वितरण केन्द्रमा सहायक प्रबन्धक जगन्नाथ लामिछाने तथा कोहलपुर वितरण केन्द्रमा इन्जिनियर माधव महतले जिम्मेवारी सम्हालेका हुन् ।

नेपालगन्जमा यसअघि सहायक प्रबन्धक दिवाकर प्याकुरेल तथा कोहलपुर वितरण केन्द्रमा सहायक प्रबन्धक सुरज रेग्मी कार्यरत थिए । आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी प्याकुरेल घोराही वितरण केन्द्र र रेग्मी परासी वितरण केन्द्रका लागि बाँकेबाट सरुवा भएका हुन् ।

पदभार ग्रहण गर्दै प्रमुख लामिछानेले नेपालगन्ज र अन्तरगतको सेवा क्षेत्रमा गुणस्तरीय विद्युत सेवा प्रवाह गराउनु आफ्नो पहिलो मुख्य लक्ष्य रहेको बताए । सबैको साथ र सहकार्यको अपेक्षा राख्दै उनले छिट्टै कार्ययोजना बनाएर सुधारको अनुभुती दिलाउने गरि काम गर्ने बताए ।

Nabintech