२४ बैशाख २०८१, सोमबार
रझेना खानेपानी निर्वाचन : सर्वाधिक मत पाउने उपाध्यक्ष गोपाल प्रसाद अधिकारी 


रझेना खानेपानी वडा नं ३ र ४ को मंगलबार सम्पन्न निर्वाचनमा समावेशी प्यानलका तर्फबाट उम्मेदवार बनेका गोपाल प्रसाद अधिकारीले सर्वाधिक मत ल्याउन सफल भएका छन । कुल ९ पदमा १८ जना प्रतिस्पर्धी मध्ये उपाध्यक्ष पदका उम्मेदवार अधिकारीले खसेको १०३७ मत मध्ये सर्वाधिक ५ सय ६४ मत प्राप्त गरेका थिए । उनले आफ्ना निकटतम प्रतिद्वन्दी लाई १ सय ८० मत अन्तरले पराजित गरेका हुन । नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष  हुन ।

कोहलपुरका युवा व्यवसायी तथा समाजसेवी रहेका  गोपाल प्रसाद अधिकारी कोहलपुर नगरपालिका वडा नं ३ का स्थाई बासिन्दा हुन । अधिकारी बिभिन्न समाजिक , सेवामुलक संघ संस्थाहरूमा सक्रिय रहेका छन ।

कोहलपुर नगरपालिका वडा नं ३ र ४ को केन्द्र मदनचोकमा कपडा व्यवसाय समेत गर्दै आएका अधिकारीले मदन चोक बजार व्यवस्थापन समितिको अध्यक्ष छन । कोरोना महामारीका समयमा उनले व्यवसायी तथा पदयात्रीहरूको सहजताका लागी निकै सहयोग गरेका थिए । यसका साथै उनी कोहलपुर कपडा व्यवसायी समितिको महासचिव समेत हुन । 

उनले कोहलपुरको मदनचोक क्षेत्रमा नव किसान कृषि सहकारी संस्थाका अध्यक्ष भएर काम गरि रहेका छन । 

 निर्वाचनमा १०३७ मत खसेकोमा अध्यक्षमा उम्मेदवार दोर्ण जैसीले ४ सय ९९ मत उपाध्यक्ष गोपालप्रसाद अधिकारी सर्वाधिक ५ सय ६४ मत प्राप्त गरेका छन ।त्यसैगरी सचिवमा दान प्रसाद न्युरे ले ५ सय २४ मत , कोषाध्यक्षमा निर्मला शर्माले ५ सय २९ मत प्राप्त गरिन  । निर्वाचनमा साझा समावेशी प्यानलका सम्पूर्ण उम्मेदवार बिजयी भएका हुन ।

Nabintech