२५ बैशाख २०८१, मंगलवार
रझेना खानेपानी निर्वाचन : सुलभ मूल्यमा शुद्ध खानेपानी पुर्याउने लक्ष्य छ : गोपाल प्रसाद अधिकारी उपाध्यक्ष पदका उम्मेदवार


कोहलपुरका युवा व्यवसायी तथा समाजसेवी हुन गोपाल प्रसाद अधिकारी ।कोहलपुर नगरपालिका वडा नं ३ का स्थाई बासिन्दा अधिकारी बिभिन्न समाजिक , सेवामुलक संघ संस्थाहरूमा सक्रिय रहेका छन ।

कोहलपुर नगरपालिका वडा नं ३ र ४ को केन्द्र मदनचोकमा कपडा व्यवसाय समेत गर्दै आएका अधिकारीले मदन चोक बजार व्यवस्थापन समितिको अध्यक्ष छन । कोरोना महामारीका समयमा उनले व्यवसायी तथा पदयात्रीहरूको सहजताका लागी निकै सहयोग गरेका थिए । यसका साथै उनी कोहलपुर कपडा व्यवसायी समितिको महासचिव समेत हुन । 

उनले कोहलपुरको मदनचोक क्षेत्रमा नव किसान कृषि सहकारी संस्थाका अध्यक्ष भएर काम गरि रहेका छन । समाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी अधिकारी यही असोज १६ गते हुने रझेना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको उपाध्यक्ष पदमा चुनावी मैदानमा छन । नेपाली कांग्रेस , नेकपा ( माओवादी केन्द्र ) , राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूको साझा उम्मेदवारका रुपमा रझेना खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको उपाध्यक्षका पदका लागी साझा समावेशी प्यानल  बाट उम्मेदवार बनेका छन ।

२ हजार उपभोक्ता लाई सेवा प्रवाह गर्ने गरि स्थापन गरिएको सो खानेपानी आयोजनामा हाल हाल १ हजार २ सय ५९ उपभोक्ता सदस्य रहेका छन । उपभोक्ता बनेका कतिपयको धारा जडान गर्न बाँकी छ भने कतिपय स्थानमा पाइप बिस्तारको काम हुन बाँकी छ । २ वटा प्यानल सहित यही असोज १६ गते हुन लागेको निर्वाचनका सन्दर्भमा जैसी सँग खानेपानी संस्थामा निर्वाचन भएपछिका योजनाका बारेमा उपाध्यक्ष पदका उम्मेदवार अधिकारी सँग  गरिएको कुराकानी :

१ रझेना खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको उपाध्यक्षका पदका लागी तपाईंको उम्मेदवार किन ?

 मेरो उम्मेदवार भनेको कोहलपुर ३ र ४ का उपभोक्ता लाई शुद्ध खानेपानी पुर्याउनका लागी नै हो । जसका लागी हामी नेपाली कांग्रेस , माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा दोर्ण प्रसाद जैसीको नेतृत्वमा चुनावी मैदानमा छौ । खानेपानीको ट्याकी  र केही पाइप लाई बिस्तार भएको भएपनि कतिपय  कामहरू बाँकी छन ।

हामिले   पिउन योग्य पानी वितरणका लागी पानी शुद्धिकरण प्लान्ट जडान गर्नु पर्ने छ ।  अझै २२ किलोमिटर पाइप बिच्छ्याएर कोहलपुर ३ र ४ का आम उपभोक्ता लाई सुलभ मूल्यमा शुद्ध खानेपानी पुर्याउनु पर्ने छ । यिनै कुराहरू पुरा गर्नका लागी हामी चुनावी मैदानमा छौ ।

 २. तपाईँहरूका अन्य प्रतिवद्धताहरू के के हुन ?

हामी विजय भएको खण्डमा भत्ता लगायतका सुविधा नलिएर जनता र आम उपभोक्ताका हितमा काम गर्ने छौ ।  साथै हाम्रो टिम बिजयी भएमा सार्वजनिक स्थल मन्दिर , विद्यालय , चोक चौतारीहरूमा  निशुल्क खानेपानीको धारा जडान , विपन्न तथा असहाय परिवार लाई निशुल्क धारा जडान गरिने छ । १५ युनिट सम्म १ सय रुपैयाँ मासिक शुल्क कायम गरिने  छ । आर्थिक पारदर्शिता , धार मर्मतको गुनासो आएमा ३ घन्टा भित्र मर्मतको काम गरि सक्ने गरि प्राविधिकको व्यवस्था गर्ने छौ । दैनिक ८ घन्टा पानी बितरण गर्ने लगायतका हाम्रा प्रतिबद्धता छन ।

यस अघि विष्णु प्रसाद खरेल नेतृत्वको समितिले सुरु गरेका कामहरू लाई पूर्णता दिने र रझेना खानेपानी लाई नमुना खानेपानी आयोजनाको रुपमा विकास गरेर लैजाने योजना छ । त्यसका लागी  यस क्षेत्रका बौद्धिक व्यक्तित्व , समाजिक अगुवा र विज्ञ समेतको सल्लाह र सुझावका आधारमा हामिले रझेना खानेपानी लाई अगाडि बढाइने छू हामीलाई स्थानीय , प्रदेश र केन्द्र सरकार सञ्चालन गरि रहेका दलहरूको साथ र सर्मथन छ । त्यस कारण स्थानीय सरकार ,प्रदेश सरकार र संघीय सरकार सँग पनि हामिले समन्वयात्मक काम अगाडि बढाएर जन भावना अनुसारको खानेपानी आयोजना निर्माण गर्न सफल हुने छौ ।  

३ .उपभोक्ताको प्रतिकृया कस्तो पाउनु भएको छ ?

 हामी निकै उत्साही छौ , उपभोक्ताहरूले हामी सँग आफ्ना गुनासाहरू राख्दै जित र रझेना खानेपानी लाई सफल नेतृत्व दिन शुभकामना दिई रहनु भएको छ । हामी पनि आफ्ना प्रतिबद्धता सहित उपभोक्ताका घर दैलोमा मत माग्न व्यस्त छौ । उपभोक्ताका गुनासाहरू संकलन गरेर आगामी योजना निर्माणमा समावेश गरेर अगाडि बढ्ने हाम्रो योजना छ । 

४. अन्त्यमा आम उपभोक्ता लाई के आग्रह गर्न चाहनुहुन्छ 

यस अघिका अध्यक्ष विष्णु प्रसाद खरेल लगायतको टिमले असाध्यै मेहनत गरेर रझेना खानेपानी लाई यो स्थान सम्म ल्याई पुर्याउनु भएको छ । हामी निर्वाचन भए पछि उहाँले अगाडि सारेका योजना लाई पूर्णता दिदै हामिले गरेका प्रतिबद्धता अनुसारको काम अगाडि बढाउने छौ ।

त्यसका लागी  रझेना खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ,कोहलपुर ३ र ४ को यही असोज १६ गते मङ्गलबारका दिन हुन गइरहेको निर्वाचनमा समावेशी साझा प्यानलका सम्पूर्ण उम्मेदवारहरू उपाध्यक्ष पदमा म गोपाल प्रसाद अधिकारीलाई चुनाव चिन्ह  मान्छे  , सहित अध्यक्षका उम्मेदवार दोर्ण प्रसाद जैसी लाई चुनाव चिन्ह  बल  , सचिव  दान प्रसाद त्यूरे लाई चुनाव चिन्ह  कमलको फुल  कोषाध्यक्ष निर्मला शर्मा लाई चुनाव चिन्ह  चियाको कप  र सदस्यहरूमा क्रमश टेक प्रसाद न्यौपाने लाई अटोरिक्सा , विजया योगी लाई कुखुराको भाले , डम्बर बहादुर खत्री लाई ताला चाबी , दुर्गाप्रसाद रेग्मी  लाई हात्ती  र लालबहादुर बस्नेत लाई घोडा चिन्हमा मतदान गरि सम्पूर्ण प्यानल लाई बिजयी गराई दिनुहुन अनुरोध गर्दछु । 

Nabintech