२६ बैशाख २०८१, बुधबार
भोलीदेखी बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लागु हुने


कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा भोलीदेखी टाइम कार्ड लागु हुने भएको छ । पूर्व पश्चिम राजमार्गमा दुर्घटना बढेपछि टाइम कार्ड लागु गर्न लागिएको हो ।

बाँकेको ओभरीदेखि खैरीखोलासम्म करिब १५ किलोमिटर क्षेत्रमा लागु हुने टाइम कार्ड अनुसार उक्त दुरी २८ मिनेटमा पार गर्नुपर्नेछ । भोली बिहान ८ बजेदेखी टाइम कार्ड प्रणाली लागु गरीने निकुञ्ज प्रशासनले जनाएको छ ।

त्यस्तै यसअघि निकुञ्जमा हुने सवारी दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङगल राख्ने, निकुञ्जभित्र बिग्रेको सवारी साधन मर्मतको लागि एक घण्टा भन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्ज भन्दा बाहिर ल्याएर राख्ने र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न पनि लागिएको छ ।

Nabintech