१८ बैशाख २०८१, मंगलवार
माओवादी केन्द्रले जितको हरेक स्थानीय तह नमुना बनाउन नेता केसीको निर्देशन 


माओवादी केन्द्रका स्थाई समिति सदस्य कुल बहादुर केसी सोनाम ले माओवादी केन्द्रका तर्फबाट बिजयी भएका हरेक स्थानीय तह लाई नमुना बनाउन निर्देशन दिएका छन । 

मओवादी केन्द्र बाँकेले स्थानीय तहमा बिजयी जनप्रतिनिधिहरूका लागी शनिवार आयोजना गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो निर्देशन दिएका हुन । उनले जनमैत्री कार्यशैली अवलम्बन गर्न , सिर्जनशील काममा जोड दिन , शिक्षा स्वास्थ्य र रोजगार सृजना गर्न सुझाएका थिए । उनले माओवादी केन्द्रले संघीय सरकारको नेतृत्व गरेको तथा प्रदेश सरकारमा सहभागी रहेका कारण विकासका काममा जोड दिन आग्रह गरे । उनले विकासका योजनामा पार्टीले भरपुर सहयोग गर्ने धारणा राखे । 

कार्यक्रममा माओवादी केन्द्र बाट बिजयी वडा सदस्यहरू , बिभिन्न पालिकामा बिजयी वडा अध्यक्षहरू , खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफान  लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष युवा नेता दुर्गा बहादुर थारू कविरले शिक्षा स्वास्थ्य लाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । 

जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्सले माओवादीले जितेका वडा र पालिकाहरू नमुना बनाउने गरि काम गर्न निर्देशन दिए । उनले जनप्रतिनिधिका काममा पार्टीले भरपुर सघाउन बताए । 

Nabintech