२७ बैशाख २०८१, बिहीबार
नयाँ खालको कम्युनिष्ट पार्टी निर्माणको तयारीमा छौः उपमहासचिव बस्नेत


नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले माओवादी केन्द्र २१औ शताब्दीको कम्युनिस्ट पार्टी निर्माण गर्ने तयारीमा लागेको बताएकाछन ।

बुधवार कोहलपुरमा आयोजित जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएकाहुन

माओवादीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता लाई प्रशिक्षण दिने क्रममा उनले भने २१ औ शताब्धीको नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ पार्टीले ३ महिने विशेष रुपान्तरण अभियान थालेको जानकारी गराए ।

प्रशिक्षणकै क्रममा उनले भने आगामी ३ महिना पछि पार्टीको बिधान सम्मेलन हुने र त्यस सम्मेलनले पार्टीको नीति विधि सहितका सवालमा बैचारिक बहस हुनेछ बिचारको बहस बिष्लेशणको शष्लेषणबाट २१ औ शताब्दीको नयाँ कम्युनिस्ट पार्टी निर्माणको आधाार तयहुनेछ र हामी त्यसमा टेकेर अगाडी बढ्नेछौ । साथै उनलेभने सच्चा कम्युनिस्ट पार्टी निर्माणको लागि हामी सबै रुपान्तरण हुन जरुरी छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री समेत रहेका मन्त्री बस्नेतले जनताका समस्या समाधान गर्ने सवालमा नेता कार्यकर्ता अग्रसरहुनुपर्नेमा जोड दिए ।

यस्तै प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवँ रुपान्तरण अभियानका बाँके ईन्चार्ज कुल प्रसाद के सीले हामीमा कम्युनिस्ट आचरण र निष्टा हाराउदै गएकाले त्यसलाई पुर्नस्थाापित गर्नुपर्ने बताए । साथै उनले भने पार्टी नेता र जनता बिचको दुरीलाई नजिक बनाउन सके पार्टी पुनह मजबुतहुने छ र पार्टीले जनताको बिश्वास जित्ने छ । करिब एक सय बढी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको उक्त कार्यक्रममा माओवादी केन्द्र बाँके संयोजक नरेन्द्र पाण्डे पार्टी जिल्ला सचिव डिल्ली बराल खजुरा पालिका अध्य्क्ष राजकुमार बि क नेपालगंज उपमहानगरपालिका अध्यक्ष रतन शाही बैजनाथ पालिका सचिव मीरा कार्की कोहलपुर नगर अध्यक्ष अवराज खड्का लगायतले सुझावमुलक भनाई राखेका थिए

Nabintech