७ जेष्ठ २०८१, सोमबार
‘गोरखा पोलिटेक्निक बीएस्सी एजीको उत्कृष्ट कलेज’


बाँकेको गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर कृषि स्नातक (बीएस्सी एजी)मा प्राइभेटतर्फको उत्कृष्ट कलेज भएको रामपुर विश्वविद्यालयका प्राध्यापकहरुले दाबी गरेका छन् ।
बीएस्सी एजीको प्रवेश परीक्षाको अनलाइन आवेदन फारम खुलेको बारे जानकारी दिन गोरखा पोलिटेक्निकले आइतबार कोहलपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक मातृका जमरकट्टेल, सह–प्रध्यापक रामहरि तिमिल्सिना, उप–प्राध्यापक सूर्यमणि ढुङंगाना र अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलले विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी कलेजमा गोरखा उत्कृष्ट भएको बताएका हुन् । कृषि विज्ञान अध्ययनमा रामपुर विश्वविद्यालय एउटा ब्राण्ड बनेको र त्यही ब्राण्डमा गोरखाले निजी कलेजबाट उत्कृष्ट शिक्षा दिएको उनीहरुले जिकिर गरे ।
प्राध्यापक जमरकट्टेलले भने, ‘म केही हप्तादेखि बाँकेमा छु । परीक्षा नियन्त्रण कार्यालयबाट अवलोकन गर्न आएको हुँ । गोरखा कलेजमा रामपुर विश्वविद्यालयका रिटार्यड प्राध्यापकको नेतृत्व रहेकाले पनि कलेज उत्कृष्ट छ ।’ बैजनाथ गाउँपालिकाको वडा नं। ४ मा कार्यालय रहेको गोरखा पोलिटेक्निकमा प्रध्यापक ईश्वरचन्द्र प्रकाश तिवारी क्याम्पस प्रमुख छन् । तिवारी कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिटायर्ड प्राध्यापक हुन् ।
कलेजले आफ्नै खेतीयोग्य जमिनमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउँछ । कलेजको आफ्नै ६ बिघामा जग्गामा विद्यार्थीले शिक्षण सिकाइसँगै पढ्दै कमाइ गरिरहेका छन् । क्याम्पस प्रमुख तिवारी कलेजमा बीएस्सी एजीमा अध्ययनरत ३५ जना विद्यार्थीलाई आठौं सेमेष्टरपछि इजरायल पठाउन सम्झौता भइसकेको बताउँछन् ।
गोरखा कलेजले प्रवेश परीक्षामा ७५ भन्दा माथि अंक ल्याउने उत्कृष्ट २ जना विद्यार्थीलाई शिक्षण शुल्कमा शतप्रतिशत छात्रवृत्ति र बोर्ड परीक्षामा सर्वोत्कृष्ट हुनेमध्ये एक जनालाई ५० प्रतिशत र अर्कोलाई २५ प्रतिशत छात्रवृत्तिको ब्यवस्था भएको, कूल विद्यार्थी भर्नाको १० प्रतिशतलाई पनि छात्रवृत्तिको व्यवस्था भएको कलेजका लेखा प्रमुख कर्णबहादुर बस्नेतले जानकारी दिए ।
बीएस्सी एजीका विद्यार्थीलाई इजरायल र जापान पठाउन सम्झौता गरेपनि अहिले निकै कम विद्यार्थीले मात्र प्रवेश परीक्षाका लागि फारम भरिरहेको भन्दै रामपुर विश्वविद्यालय र सम्बन्धन प्राप्त कलेजले चिन्ता ब्यक्त गरेका छन् ।
प्रवेश परीक्षा र भर्ना प्रक्रिया झन्झटिलो भएकाले विद्यार्थीहरु विदेशतिर जाने गरेको त होइन भनेर पत्रकारले सोधेको जिज्ञासामा अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा। ऋषिराम कट्टेलले अब भर्ना प्रक्रियामा सरलीकृृत गर्नुपर्नेबारे छलफल गर्नुपर्ने स्वीकारे । उनले भने, ‘अहिले पनि हाम्रो प्रवेश परीक्षा अरु विश्वविद्यालयभन्दा दह्रो हुन्छ । त्यो विद्यार्थीलाई कठिन र झन्झटिलो त भएको होेइन रु धेरै भन्दा धेरै विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी बनाउन अब हामीले उपकुलपति, रजिष्टार र डीनसँग छलफल गर्नेछौं ।’
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आगामी १२ असोजसम्म चालु शैक्षिक सत्र २०८०÷०८१ भर्नाका लागि कृषि स्नातक (बीएस्सी एजी)को प्रवेश परीक्षाको आवेदन फारम विश्वविद्यालयको वेवसाइटबाट अनलाइनमार्फत भर्न सकिने जानकारी गदै आगामी १८ असोजमा रामपुर र काठमाडौंमा प्रवेश परीक्षा हुने विश्वविद्यालयले जनाएको छ ।

Nabintech