१२ श्रावण २०८१, शनिबार
माओवादी केन्द्रले बर्दियाको बारबर्दियामा सरसफाई अभियान संचालन गर्‍यो


५ असोज, बारबर्दिया । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकामा सरसफाई अभियान संचालन गरीएको छ । शुक्रबार नेकपा (माओवादी केन्द्र) बारबर्दिया नगर समितिको आयोजनामा पालिकाभित्रका सार्वजनिक स्थानहरुमा सरसफाइ गरीएको हो ।

अभियान अन्तर्गत बारबर्दिया नगरपालिकाका ११ वटै वडामा सरसफाई गरीएको अभियान संयोजक नरेन्द्र न्यौपानेले जानकारी दिए ।

सहसफाई कार्यक्रममा नेता, कार्यकर्ता सहित स्थानियहरुको समेत ब्यापक सहभागीता रहेको नेकपा माओवादी केन्द्र बारबर्दिया नगर अध्यक्ष दशरथ अगलपथ (सुदिन) ले जानकारी दिए ।

(हेर्नुहोस तस्बिरमा)

 

Nabintech