४ जेष्ठ २०८१, शुक्रबार
नेपालगन्जमा कानुन संकायमा अध्ययनरत विद्यार्थीले मनाए संविधान दिवस


नेपालगन्ज /  नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन मा.वि. का कानुन  संकायमा अध्ययनरत विद्यार्थीहरुले कानुन दिवस मनाएका छन् ।

बुधबार साँझ विद्यालय परिसरमा दीप प्रज्वलन पछि स्थानीय बि.पी.चोकमा जम्मा भएर विद्यार्थीहरुले कोणसभा गरि संविधान दिवस मनाएका हुन् ।

हजारौंको बलिदानले आएको संविधानलाई संस्थागत सगै कार्यान्वयनमा जोड दिनुपर्ने र संविधानको पालनामा सबै नेपालीको उतिकै जिम्मेवारि रहेको कानुन संकायमा अध्ययनरत छात्रा पुर्णिामा आचार्यले बताइन् । उनले सबै नेपालिको हातहातमा नेपालको संविधान हुनुपर्नेमा जोड दिइन ।

कोण सभामा विद्यालयका संयोजक खुमलाल शर्मा, विद्यालयका इन्चार्ज केपी घिमिरे , कानुनका शिक्षक लेखाराम श्रीवास्तव, विद्यालयका अनुशासन विभनगका प्रमुख सन्दिप श्रेष्ठ , कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको हो ।

विद्यालयबाट ब्यानर सहित बि.पी. चोकमा नेपालको संविधान दिवस सफल पारौं, नेपालीको सान, विश्वकै उत्कृष्ट संविधान भन्ने नारा सहित कोणसभामा सहभागी भएका हुन् । विद्यार्थीहरुले एकआपसम अबिर लगाई खुसी साटासाट गरेका थिए  ।

Nabintech