५ जेष्ठ २०८१, शनिबार
राप्तीसोनारीमा धानबालीमा पात वेरुवा र खैरे रोगको प्रकोप


राप्तीसोनारी २ असोज बाँकेको राप्तीसोनारी गाउँपालिकामा धान बालीमा समस्या देखिएको छ । पालिका भित्रका विभिन्न वडाहरुमा वात वेरुवा खैरे रोग र गवारो रोगको प्रकोप देखिएको राप्तीसोनारी गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक महेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार राप्तीसोनारी गाउँपालिक वडा नं ७ को पहाडीपुरमा करिब ४ हजार हेक्टर धानबालीमा पात वेरुवा रोग देखिएको छ ।

विशेष गरी (हाइब्रेड) उन्नत जातको धानबालीमा यो रोग देखिएको छ । त्यसैगरी खड्काले अनुगमनका राप्तीसोनारी गाउँपालिका वडा न २ ,३ र ५ मा राधा (४ जातको धानबालीमा खैरे रोगको प्रकोप देखिएको छ । सो क्षेत्रमा २५ देखि ३० विगाह क्षेत्रफलमा लगाइएको धानबालीमा खैरे रोगको प्रकोप देखिएको खडकले बताए १ त्यसैगरी वडा न ८ मा पनि खैरे रोगको प्रकोप देखिएको छ । अहिले हामीले विभिन्न वडाहरुमा स्थलगत निरक्षरण गरिरहेका छौ१सबैभन्दा बढी वडा न ७ मा पात वेरुवा रोगको प्रकोप देखिएको छ १

यसलाई समयमै नियन्त्रण गर्न नसकेमा धानबाली मा क्षेति हुने निश्चित छ खड्काले भने १ उनले सो क्षेत्रमा किटनाशक विषादी पठाएर किसानहरूले छ्र्की सकेको हुँदा त्यसको नतिजा कस्तो हुन्छ हेर्न र नियन्त्रणमा नआएमा पुनः स्थलगत निरीक्षण गरी समाधान गरिने बताए१ पसाइसकेको धान भन्दा पसाउन सुरु गरेका धानबालीमा यो रोगले बढी क्षेति पुर्‍याउने हुनाले समयमा रोकथाम गर्नुपर्ने खड्काको सुझाव छ १ वडा न ८ मा पनि किनाटाशक औसधि पठाइएको उनले जानकारी दिए१ राप्तीसोनारीमा करिब ९ हजार हेक्टरमा धानबाली लगाएको राप्तीसोनारी गाउँपालिका कृषि शाखाले जनाएको छ

Nabintech