१६ बैशाख २०८१, आईतवार
कोहलपुरमा वृहत सरसफाइ अभियानको सुरुवात 


कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मूलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं ३ र ४ को संगमस्थल मदनचोकवाट  वृहत सरसफाइ अभियानको सुरुवात गरिएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर भित्रका विभिन्न स्थानहरूमा बृहद् सरसफाइ कार्यक्रम आयोजना गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष मुवारक अलि गुजरले कार्यक्रम चेतनामूलक भएको र यसमा स्थानीय बासिको अहम भूमिका हुनुपर्नेमा जोड दिए । अहिले नगरे कहिले गर्ने अहिले नगरे कहिले गर्ने स्थानीय सरकार हातमा हात मिलाउन तयार रहेको जानकारी दिदै आगामी दिनमा सबैको सहभागी हुने र सरसफाइ गरिएको स्थान हरेक शनिबार स्वस्फुर्त रुपमा निरन्तर दिन आम मदनचोक बासि लाई अनुरोध गरे ।

सरसफाइ कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा नं ३ का वडा सदस्य हरिलाल जैसी, नगर कार्यपालिका सदस्य पवित्रा चौधरी, कोहलपुर वृहत खानेपानी सरसफाइ संस्थाका अध्यक्ष टेकनारायण भुषाल, कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापा, नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा सभापति दिनेश सिग्देल, शिवशक्ती विद्यालयका प्रबद्रीनाथ सापकोटा, समाजसेवी प्रकाश सिग्देल लगायतको उपस्थित रहेको थियो । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्व सम्पन्न कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव एकराज शर्माले गरेका थिए

Nabintech