२३ बैशाख २०८१, आईतवार
कोहलपुर नगरपालिका स्तरीय तिज गीत नृत्य प्रतियोगितामा जीवन ज्योति स्कुल प्रथम 


कोहलपुर नगरपालिकाको सहयोग तथा कृष्ण माध्यामिक विद्यालय कोहलपुर १ को आयोजनामा भएको तीज गीत नृत्य प्रतियोगितामा जीवन ज्योति स्कुल कोहलपुर १० प्रथम भएको छ ।

कोहलपुर क्षेत्रका ३४ विद्यालय सहभागी विद्यालयमा जीवन ज्योति विद्यालयका छात्राहरूले प्रथम स्थान हासिल  गर्न सफल भएका हुन । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा प्रबृती काफ्ले , स्मृति पटेल ,बिपासा बस्याल , प्रसिद्धि सिह ठकुरी , दृष्टि थापा मगर सहभागी  रहेका विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले जानकारी दिए ।

Nabintech