१२ श्रावण २०८१, शनिबार
शम्शरेगञ्ज बस दुर्घटना: ४ जनाको मृत्यु


बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शरेगञ्जमा बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार  ना ७ ख २३२१ नम्बरको बस र रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रक ठोकिँदा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकाहरुको भने पहिचान खुल्न सकेको छैन ।

प्रहरीले घटना स्थलबाट नेपालगञ्ज मेडिकल कलेजमा घाइतेहरुलाई ल्याउने क्रम जारी छ ।

अहिले घटना स्थलबाट उद्धार चलिरहेको छ । झण्डै ४ दर्जन यात्रु बसमा सवार रहेको इलाका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए । घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा थप उपचार भइरहेको छ ।

Nabintech