१२ श्रावण २०८१, शनिबार
‘माओवादीको विशेष अभियान :बाँकेमा २ सय बढिले गरे पार्टी प्रवेश


नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’को शनिबार बाँकेका ८१ वटै वडामा उद्घाटन गरीएको छ । अभियान उद्घाटनको पहिलो दिननै बाँकेमा माओवादी प्रति आम नागरीकको लगाव देखिएको छ ।

नेकपा माओवादी केन्द्र बाँकेका अनुसार अभियानको पहिलो दिन बिभिन्न पार्टी परीत्याग गरी २०० बढि नेता कार्यकर्ताहरु माओवादी पार्टीमा प्रवेश गरेका छन । जिल्लाका ८ वटै पालिकामा संचालन गरीएका बिभिन्न कार्यक्रममा २०० बढी पार्टी प्रवेश गरेको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।

अभियानको नेतृत्व गर्दै बाँके आएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री कुलप्रसाद केसी, पार्टीका केन्द्रिय सदस्य दामा शर्मा लगाएत प्रदेश र जिल्ला तहका नेताले बिभिन्न स्थानमा भएका कार्यक्रममा नव प्रवेशीहरुलाई स्वागत गरेका थिए ।

Nabintech