१७ बैशाख २०८१, सोमबार
पश्चिम नेपालकै प्रख्यात बालरोग विशेषज्ञ दुर्गा प्रधानको निधन


बरिष्ठ बालरोग विशेषज्ञ डा। दुर्गा प्रधानको निधन भएको छ । उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगन्जमा आज दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा डा. प्रधानको वि.स.२००२ सालमा जन्मिएका थिए ।

वि।स २०३८ सालमा भेरी अस्पतालमा मेडिकल अधिकृतको रुपमा जागिर सुरु गरेका डा। प्रधानले २४ वर्षसम्म भेरीमै बसेर सेवा दिए । सेवा निवृत्त भएपछि भने उनले नेपालगन्जमा त्रिपुरा बाल अस्पताल संचालन गरेर बालबालिकाको उपचार सेवा दिँदै आएका थिए । बरिष्ठ बालरोग बिशेषज्ञ डा। प्रधानले यसक्षेत्रका लाखौं बालबालिकाको उपचार गरेर प्राण दिएका छन ।

स्वास्थ्यमा समस्या देखिएपछि डा। प्रधान गएको भदौ ४ गतेदेखि नेपालगन्ज स्थित वेष्टर्न अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनी पहिलेदेखिनै सुगरको समस्याले ग्रसित थिए । उपचारमा संग्लग्न वरिष्ठ फिजिसियन डा। खगेन्द्र जंग शाहका अनुसार डा. प्रधानले फोक्सोको टिबीसँगै कलेजो र किड्नीको समस्या देखिएको थियो ।

पछिल्लो समय श्वास प्रश्वासमा समेत समस्या देखिएको डा। शाहले जानकारी दिए । यस क्षेत्रका चिकित्सकहरुका अभिभावक समेत रहेका डा. प्रधानको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै चिकित्सकहरुले गहिरो दुःख प्रकट गरेका छन् ।

डा. प्रधानको पार्थिव शरिरलाई अत्यष्टिका लागि काठमाडौं लाने तयारी भईरहको पारिवारीक श्रोतले जानकारी दिएको छ । डा. प्रधानका श्रीमती र तीन छोरा छन ।

Nabintech