१२ श्रावण २०८१, शनिबार
शान्तिनगर बस्ती हटाउन खोज्नु स्थानीय सरकारको निरङकुशता : सुकुम्बासी संघ


कोहलपुर / अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष अमर परियारले शुक्रवार एक बिज्ञप्ती जारी गर्दै उक्त नगरको निर्णयको बिरोध गरेकाहुन । उनले आफ्नो फेसकाबुक वालबाट बिज्ञप्ती सार्वजनिक गर्देै भनेका छन – बर्षौ देखि बसोवास गरि आएका भुमिहिन दलित सुकुम्वासीको ब्यवस्थापन बिना ऊठिबास गर्न खोज्नु स्थानिय सरकारको निरङकुशता भएको बताएका छन ।
उनले भनेकाछन देशमा राष्ट्रिय भुमी आयोगले भुमीहिन दलित सुकुम्बासीको पहिचान गरि उनीहरुलाई जग्गा उपलव्ध गराउने प्रक्रिया चलिरहेको बेला बस्ती ऊठाउन खोज्नु निरङकुशता भएको बिज्ञप्तीमा ऊल्लेख गरेकाछन । उनले जनताको जमिन माथिको हकको नैसर्गिक अधिकार हनन् गर्ने अधिकार नत संघिय सरकार लाई छ नत प्रदेश र स्थानिय सरकारलाई छ भन्दै कोहलपुर नगरको निर्णय प्रति संगठनको गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरेछन । बिज्ञप्तीमा भनिएको छ हालै कोहलपुर नगरपालीका वडानं ११ शान्तिनगरमा वर्षौं बर्षदेखि बससोवास गर्दै आईरहेका भुमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीहरुलाई कोहलपुर नगरपालिका ले केहि भु-माफिया, सामन्त र दलालहरुको मिलेमतोमा र शक्ति र सत्ताको दुरुपयोग गर्दै, नेपालको संविधान, कानुन, भुमि सम्वन्धि ऐन आठौं संशोधन र गठन आदेश एवं बिध्यमान राष्ट्रिय भुमि आयोगले देशैभरि भुमिहीन दलित, भुमिहीन सुकुमबासी र अव्यवस्थितलाई लगत संकलन, प्रमाणीकर्नण , निस्सा वितरण र साथै लालपुर्जा वितरणको प्रक्रिया तिव्ररुपमा गरिरहेको बेला पटक पटक गैर कानुनी ढंगले विना विकल्प जवरजस्ती उठिबास गर्ने नियतले विना जानकरी सार्वजनिक सुचना जारी गर्ने कार्य प्रति हाम्रो संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाली नागरिकको नैसर्किक अधिकार र जमिनको स्वामित्वको मौलिक हकको हनन् हुनेगरि जवरजस्ति उठिवास गर्ने निर्णय प्रति र यस्तो सामन्ति निर्ङ्कुश र गरिवमारा कार्यको हाम्रो संघ घोर भ्रत्सना गर्दछ । निज्ञप्तिमा उल्लेख गरिएको छ । गणतन्त्रमा राज्यसत्ता जनताको हितमा हुनुपर्दछ, जनताको निगरानीमा हुनुपर्दछ । राष्ट्रिय भुमि आयोग संग गरिएको संझौतालाई निसर्त पालना गर्दै भुमिहीन दलित,भुमिहीन सुकुमबासी, र अव्यवस्थित हरुको लगत लिने र प्रमाणित गर्ने, जोखिमयुक्त ठाउँमा बसेकालाई लालपुर्जा सहित सोही नगरपालिका भित्र स्थानान्तरण र जोखिम मुक्त ठाउँमा बसेकालाई सोहीठाउँमा लालपुर्जा बितरण गर्नेगरि प्रक्रिया तत्काल बढाउन हामी जोडदार माग गर्दछौं । नेपाली नगारिकको शान्तिपुर्ण बाँच्नपाउने अधिकारलाई कुल्चिदै, जवरजस्ति उठिबासको सुचना निकालेर त्रसित र राज्य आतंक फैलाउने कार्य तुरुन्त बन्द गरियोस भन्ने चेतावनी सहीत जोडदार माग गर्दछौं । भनी संघले आफ्नो बिज्ञप्ती मार्फत जनाएको छ ।

कोहलपुर नगरपालिकाले केहिदिन अघि सर्वदलिय बैठक बोलाई कोहलपुर ११ स्थित शाान्तिनगर बस्ती हटाउने निर्णय गरेको छ ।

हेर्नुस् बिज्ञप्ती :

Nabintech